दार्चुलामा पसल खोल्ने समय बढाइयो, बेलुका पनि खोल्न पाइने

0
1133

विरा दत्त भट्ट, दार्चुला ।
दार्चुला जिल्लामा लकडाउन अवधिमा पसल खोल्ने समय बढाइएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको जिल्ला संकट ब्यवस्थापन केन्द्र को बैठकले ३ घण्टा विहान र २ घण्टा बेलुका अत्यावस्यक सामग्रीका पसलहरु खोल्ने निर्णय गरेको छ ।
बैशाख १६ गते बेलुका बाट लागु हुने गरि बेलुका ५ बजे देखी ७ बजे सम्म र विहान ७ बजे देखी १० बजे सम्म आपुर्ती सहजताका लागी पसलहरु खोल्न दिइने निर्णय गरेको साहक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरले जानकारी दिनुभयो ।
दैनिक उपभोग्य खाद्यान्न सामग्री र ग्यास पसलहरु, तरकारी तथा फलफुलजन्य पसलहरु, दुध पानी अण्डा र मासु पसलहरु, कृर्षी सामग्री विउ मल, विषादी र पशुपन्छीका दाना भएका पसलहरु, औषधी मेडिकल तथा सर्जिकल औजार उपकरण सम्बन्धी पसलहरु उक्त समयमा खोल्न पाइने छ । यसअघि विहान साढे ७ बजे देखी ९ बजे सम्म पसलहरु खोल्ने अनुमती दिइएको थियो ।
विगत बेलुका समय खोल्न नभनेको भएपनि ढोका बन्द गरेर समान बेचिरहेने अवस्था भएकाले बेलुका पनि निश्चीत समय तोकेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरको भनाई छ ।
लकडाउन खुकुलो पार्न खोजीएको नभएपनि उपभोत्ताहरुलाई सहजताका लागी विहान ३ घण्टा र बेलुका २ घण्टा तोकेका पसलहरु खोल्न पाइने निर्णय गरेको उहाँको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको सूचना हेर्नुहोस ।