दार्चुलामा दुई हजार भन्दा बढीको कोरोना परिक्षण

0
865

दार्चुला, भाद्र २८ गते ।
दार्चुला जिल्लामा हाल सम्म दुई हजार भन्दा बढीको कोरोना परिक्षण गरिएको छ । जिल्लामा हाल सम्म २ हजार ४ सय ७५ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
स्वाब संकलन गरिएका मध्ये हाल सम्म २ हजार २ सय ७४ जनाको कोरोना रिर्पाेट आएको छ जसमा ५६ जनामा मात्रै कोरोना पुष्टी भएको उहाँले जानकारी दिनुभयो । संक्रमण पुष्टी भएका ५६ जना मध्ये ५२ जनाले कोरोना जितिसकेका छन् भने ४ जना संक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा दार्चुलामा कोरोना संक्रमण शुन्य रहेका छ भने कोरोना परिक्षणका लागि ७ जनाको स्वाब संकलन गरिएको छ ।
दार्चुला जिल्लाभरि कोरोना संक्रमित विरामीहरुका लागि १७ वटा सामान्य बेडहरु रहेका छन् भने १ सय ६६ वटा आइसोलेन बेडको ब्यवस्थापन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोनाका गम्भीर विरामीहरुको उपचारको लागि आवस्यक पर्ने भेन्टीलेटर र आइसियु बेडहरु दार्चुलामा एउटा नरेहेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।
साथै दार्चुलामा हाल ४१ जना ब्यक्तिहरु संस्थागत क्वारेन्टाइनमा रहेका छन् भने १४ जना ब्यक्तिहरु होम क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाको तथ्याङ्क छ । जिल्लाका विभिन्न स्थानियतहहरुमा रहेका ७३ वटा क्वारेन्टाइनहरुमा २ हजार ४१ बेडसंख्या रहेको छ ।