दार्चुलामा थप पाँच जना कोरोना संक्रमित भेटिए

802

दार्चुला, साउन २७ गते ।
दार्चुलामा मंगलबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मार्मा गाउँपालिकाका ३६ र २७ बर्षिय दुई जना पुरुष तथा मालिकार्जुन गाउँपालिकाका २५, २७ र ३५ बर्षिय तिन जना पुरुष गरि पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थय कार्यालय दार्चुलाले जनाएको छ ।
कोरोना संक्रमण भएका पाँचै जना स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको र सम्बन्धीत स्थानियतहले ब्यवस्थापन गरेको आइसोलेसनमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

स्वास्थ्य कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्ती हेर्नुहोस ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !