दार्चुलामा थप दुई जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ६६ पुग्यो

718

दार्चुला, असोज २३ गते ।
दार्चुलामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । मालिकार्जुन गाउँपालिकाका दुई जना पुरुषहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । उनिहरु भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । गत २४ घण्टामा दार्चुलाका ८ वटा स्वाव परिक्षण मध्ये दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा हाल सम्म २ हजार ९ सय ६८ जनाको कोरोना परिक्षण गरिएकोमा १ सय ४८ जनाको नतिजा पोजेटिभ आएको छ । जसमध्ये ८२ जनाले कोरोना जितेका छन् भने ६६ जना संक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !