दार्चुलामा थप चार जनामा कोरोना पुष्टि

719

दार्चुला, कार्तिक १ गते ।
शनिबार दार्चुलामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोे २४ घण्टामा दार्चुलाका मार्मा गाउँपालिकाका तीन जना र लेकम गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
मार्मा गाउँपालिकाको वडा नं १ का दुई जना र वडा नं ५ का एक जना तथा लेकम गाउँपालिकाको वडा नं ५ रिठाचौपाताका एक जना गरि चार जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
कोरोना संक्रमितहरु चारै जना भारतबाट आएको र मार्मा गाउँपालिकाका गाउँपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइनमा तथा लेकमका संक्रमित ब्यक्ति होम क्वारेन्टाइनमा रहेको बुझिएको सूचना अधिकारी कार्कीले जानकारी दिनुभयो ।
यो संगै दार्चुलामा कुल कोरोना संक्रमित ब्यक्तिको संख्या १ सय ९८ पुगेको छ जसमध्ये ९६ जना सक्रिय संक्रमित रहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !