दार्चुलामा थप चार जनामा कोरोना पुष्टि

0
566

दार्चुला, बैशाख १५ गते ।
दार्चुलामा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज गरिएको एन्टीजेन परिक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । यस अघि दार्चुलामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यो संगै दार्चुलामा दोस्रो लहरमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या पाँच पुगेको छ । कोरोन पुटि भएका पाँचै जनालाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी भट्टले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएकाहरुमा खोकी, ज्वरो जस्ता लक्षणहरु देखिएको उहाँको भनाई छ ।