दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टी

0
756

दार्चुला, असार २४ गते ।
दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मालिकार्जुन गाउँपलिकाका २८ बर्षिय एक जना पुरुषमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
संक्रमण पुष्टी भएका ब्यक्तिको आरडीटी पनि पोजेटीभ देखीएकोले आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यो संगै दार्चुलामा कोरोना पोजेटीभ पाइएका ब्यक्तिको संख्या २१ पुगेको छ । २० जना भने कोरोना जितेर घर फर्किएका छन् ।


सम्बन्धीत समाचार

 


स्थास्थ्य कार्यालय दार्चुलाले जारी गरेको विज्ञप्ती हेर्नुहोस ।