दार्चुलामा ट्राफिक कारवाहीमा पर्ने सवारी संख्या बढ्दो

722

दार्चुला, असोज २० गते ।
दार्चुला जिल्लामा ट्राफिक कारवाहीमा पर्ने सवारी साधनको संख्या बढ्दो रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ । सवारी चालकहरुको लापरवाही तथा विगतको तुलनामा दार्चुलामा चल्ने सवारी साधनको संख्या बढ्नुले पनि बर्षेनि ट्राफिक कारवाहीमा पर्ने सवारी साधनहरुको संख्या बढ्दो रहेको छ ।
ट्राफिक प्रहरी दार्चुलाकोे तथ्याङक अनुसार आर्थिक बर्ष २०७१–०७२ मा ९सय २५ सवारी साधन कारवाहीबाट ३ लाख ७ हजार एक सय, आर्थिक बर्ष ०७२–०७३ मा ६ सय ८१ सवारी साधन कारवाहीबाट २ लाख २४ हजार ७ सय, आर्थिक बर्ष ०७३–७४ मा ७ सय ७३ सवारी साधन कारवाहीबाट ४ लाख ७७ हजार, आर्थिक बर्ष ०७४–७५ मा १ हजार ४ सय ९ सवारी साधन कारवाहीबाट ८ लाख ७० हजार र आर्थिक बर्ष ०७५–७६ मा १४ सय ७३ सवारी साधन कारवाही बाट १० लाख ८ हजार राजस्व संकलन भएको छ ।
त्यसैगरि आर्थिक बर्ष २०७६–०७७ मा १ हजार ४ सय ७३ सवारी साधन कारवाहीबाट १० लाख ८८ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख केशब दत्त भट्टले जानकारी दिनुभयो ।

२ महिनामा मात्रै डेढ लाख बढी राजस्व संकलन

ट्राफिक प्रहरीको तथ्याङ्क हेर्दा बर्षेनि कारवाहीमा पर्ने सवारी साधनहरुको संख्यामा बृद्धि भएको छ । चालु आर्थिक बर्षको दुई महिनामा २ सय ७० सवारी साधनहरु ट्राफिक कारवाहीमा परेका छन् ।
जसमध्ये ३ बस, १५ ट्रक, १ सय ८६ जिप तथा कार, २५ ट्याकटर, ४० मोटरसाइकल र अन्य सवारी साधन एक गरि २ सय ७० सवारी साधन कारवाहीबाट १ लाख ६३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख भट्टले जानकारी दिनुभयो । दार्चुलामा ट्राफिक प्रहरी जनशक्ति कम रहेकाले पनि ट्राफिक कार्य सम्पादमा समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज भट्टको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !