दार्चुलामा ग्याँस सिलेन्डरमा आगलागी हुँदा एक घरमा क्षति

0
381

दार्चुला, माघ १४ गते ।
दार्चुलामा ग्याँसको सिलेन्डर लिक भई आगलागी हुँदा एक घरमा क्षति भएको छ । महाकाली नगरपालिका वडा नम्वर ५ तितरसैनमा शनिबार विहान करिब ११ बजे घरमा खाना बनाई रहेको अबस्थामा सिलेन्डरमा आगलागी भएको हो । महाकाली नगरपालिका वडा नम्वर ५ तितरसैनका महादेव जोशीको घरमा डेरा गरी बसेका मालिकार्जुन गाउँपालिका वडा नम्वर ८ का मिना धामीले प्रयोगमा राखेको ग्याँस लिक भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी जगत गहामगरले जानकारी दिनुभयो । घरको दोस्रो तलामा उहाँले शुक्रबार मात्रै कोठा भाडामा लिएर बसेको बुझिएको छ । आगलागीबाट घरको झ्याल,ढोका,लत्ताकपडा र अन्न जलेको छ । आगलागी हुने बितिकै महाकाली नगरपालिकाको दमकल र स्थानियहरुले आगो नियन्त्रणमा लिएका थिए । क्षतिको थप विवरण आउन बाकी छ ।