दार्चुलामा कोरोना संक्रमितको संख्या ११ पुग्यो

0
1119

कालापानी न्युज , दार्चुला ।

दार्चुलामा १० थप जनामा कोरोना संक्रमण पुष्टी भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन् ।
दार्चुलाको शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक एक पुरुषमा कोरोना पुष्टि भएको हो । महाकाली नगरपालिकाका एक पुरुषमा गत जेठ १५ गते कोरोना पुष्टी भएको थियो ।
यो संगै दार्चुलामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ ।

दिनेश खबरबाट