दार्चुलामा कोरोना पाईएपछि लकडाउनमा कडाई

0
1209
जिल्ला प्रशासन कार्यालय दार्चुलाः फोटो कालापानी न्युज डटकम

दार्चुला । दार्चुलामा कोरोना संक्रमित पाइएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले लकडाउनका कडाई गरेको छ । दार्चुला जिल्ला बाहिरबाट भित्रिने तरकारी तथा फलफुलजन्य सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । विहिबार बसेको जिल्ला संकट व्यवस्थापन बैठकले बाहिरबाट भित्रीने तरकारी तथा फलफुलजन्य सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको जिल्ला संकट व्यवस्थापन बैठकले जिल्ला स्थित सार्वजनिक स्थल बाटोघाटोमा थपेका सम्र्पुण पसलहरु हटाउने निर्णय गरेको छ । जिल्लामा कोरोना भाइरस कोभिड १९ को पहिलो संक्रमण पुष्टी भएपछि बजारमा हुने अनावश्यक भिडभाडलाई न्युनिकरण गर्ने निर्णय गरेको छ ।
भिडभाडलाई न्युनिकरण गर्न सुरक्षाकर्मी खटाइने निर्णय समेत गरेको छ । कसैले जिल्ला बाहिरबाट तरकारी तथा फलफुल जन्य सवारी साधन जिल्ला प्रवेश गरे तथा बजारमा अनावश्यक भिडभाड गरे संक्रामक रोग ऐन २०२०अनुसार कार्वाही गरिने सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको सूचना हेर्नुहोस ।