दार्चुलामा एक युवकले गरे आत्महत्या

0
1156

दार्चुला, कार्तिक १५ गते ।
दार्चुलामा एक युवकले आत्महत्या गरेका छन् । जिल्लाको मार्मा गाउँपालिका वडानम्बर ४ थाम बस्ने २८ वर्षिय सन्तोष महताले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो । शुक्रबार राती आफ्नै घरभन्दा करिब ५० मिटरको दुरीमा पलाष्टीक डोरीले काफलको रुखमा झुण्डिएर आत्महत्या गरेको उहाँले बताउनुभएको छ । घटनास्थलमा लटिनाथ बाट प्रहरी नायव निरिक्षक जगत बहादुर मल्लको टोली पुगेर मुचुल्का तयार गरि सवलाई पोष्र्टमार्टमको लागि गोकुलेश्वर अस्पताल पुगाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।