दार्चुलामा करेन्ट लागेर एक महिलाको ज्यान गयो

0
629

दार्चुला, असोज ९ गते ।
दार्चुलाको महाकाली नगरपालिका वडा नं ३ झस्कुमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानिय ५० बर्षिय द्रोपती बडुलाई शनिबार विहान १० बजेतिर आफ्नै बारिमा घाँस काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक धु्रब बहादुर विष्टले जानकारी दिनुभयो ।जाँचबुझका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरीटोली घटनास्थल तर्फ गएको उहाँले बताउनुभयो । विद्युत लाईन विस्तारमा हुने लापरवाहिका कारण दार्चुलामा बेला बेला यस्ता घटना हुने गरेका छन् । पछिल्लो पटक दुहु गाउँपालिकाको राताकाठा क्षेत्रमा करेन्ट लागेर स्थानियको मृत्यु भएपछि विद्युत कार्यालय वितरण केन्द्र दार्चुलाले क्षतीपुर्ती समेत दिनुपरेको थियो ।