दार्चुलामा एक पुरुष मृत फेला

0
628
सांकेतिक तस्बीर

दार्चुला, भाद्र ४ गते ।
दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् ।

महाकाली नगरपालिका वडा नं ३ भण्डारी गाउँ नजिकको खर फागलोमा बर्ष ३४ का स्थानिय परमसिह बोहरा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुस्कर सिह ऐरीले जानकारी दिनुभयो । विहिबार खेतमा मल हाल्न गएका बोहरा अबेर सम्म घर नफर्किएपछि आफन्तहरुले खोजी गरेका थिए । गएराती ८ बजेतिर बोहरा खर फागलोमा मृत फेला परेका हुन् । शुक्रबार घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी टोलीगई मुचुल्का लिएको प्रहरी निरीक्षक ऐरीले बताउनुभयो । मृतकको जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टम गरि आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।