दार्चुलामा आठ जनामा परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि

0
518

दार्चुला, साउन ३ गते ।
दार्चुलामा आईतबार आठ जनामा कोरोना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको छ ।

शैल्यशिखर नगरपालिका क्षेत्रमा दुई जनाको एन्टीजेन परिक्षण गर्दा दुबैमा कोरोना भेटिएको स्वास्थ्य कार्यालय दार्चुलाका आइसिटि सहजकर्ता सुरज सिह बोहराले जानकारी दिनुभयो । दार्चुलामा हाल सम्म ५ हजार ६४ जनाको कोरोना परिक्षण गर्दा १ हजार १ सय ३ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ हजार ७२ जनाले कोरोना जितेका छन् भने हाल सम्म ११ जनाको कोरोना संक्रमणाट मृत्यु भएको छ । दार्चुलामा हाल २० जना कोरोनाका सक्रिय सक्रिमित रहेका छन् ।