दार्चुलाबाट बाहिरी जिल्ला सञ्चालन हुने सवारी पास २ दिनका लागि रद्द

0
1192

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइसरको जोखीम मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले दार्चुलाबाट बाहिर छुट्ने विरामी बोक्ने बाहेकका सवारी साधनको पास रद्द गरेको छ ।
बाहिरी जिल्लाबाट हुने आवागमनलाई कडाई गर्नका लागी जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी जिल्ला बाहिर सञ्चालन हुने सवारी पासहरु रद्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धुनाथ पौडेलले जानकारी दिनुभयो ।
यस निर्णयले जिल्ला भित्र सञ्चालनमा रहेका सवारी साधनको पासमा भने असर नपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ । दार्चुलामा तत्कालका लागी खाद्यान्नको अभाव हुने अवस्था नभएकाले २ दिनका लागी अर्काे निर्णय नहुञ्जेल बाहिरी जिल्लामा सञ्चालन हुने सवारी पासहरु रद्द गरिएको उहाँको भनाई छ ।
“दार्चुला जिल्लामा तत्काललाई खाद्यान्नको समस्या छैन, बाहिर जिल्लाबाट हुने आवागमनलाई निषेध गर्नका लागी २ दिन सम्म सवारी पासहरु रद्ध गरिएको छ, २ दिन पछि अर्काे निर्णय हुन्छ” प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाको सूचना हेर्नुहोस ।