गन्नाबाट छुटेको बस दुर्घटना, ९ जनाको मृत्यु

877

दार्चुला, कार्तिक २८ गते ।
दार्चुलाको गन्नाबाट छुटेको बस बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोडपेमा दुर्घटना भएको छ । गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै गएराती साढे १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
मृत्यु हुुनेमा ७ जना पुरुष र २ जना महिला छन् । दुर्घटनामा परी घाइते भएका ३४ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा परेकाहरुको प्रहरी र स्थानियहरु मिलेर राती नै उद्धार गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !