दार्चुलाको नौगाडमा लघु जलविधुतको सफल परीक्षण

0
247

दार्चुला,पुष ०९ गते ।
दार्चुलाको नौगाड गाउँपालिकामा नव निर्मित होपरीगाड प्रथम लघु जलविद्युतको सफल परीक्षण गरिएको छ । शनिबार गाउँपालिकाको वडा नं ३ मा रहेको होपरीगाड प्रथम लघु जलविधुत् आयोजनाको विजुली उत्पादन परीक्षण सफल भएको आयोजनाका अध्यक्ष पान सिंह धामीले जानकारी दिनु भयो । विःस २०७६ सालबाट सुरु भएको विद्युत उत्पादन कार्य अहिले अन्तिम चरणमा रहेको उहाँले बताउनु भयो । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग तथा सुदुरपश्चिम प्रदेश एवम नौगाड गाउँपालिकाको साझेदारीमा निर्माण भएको उक्त लघुजलविद्युत आयोजनाको लागत झण्डै ७ करोड रहेको आयोजनाका अध्यक्ष पान सिंह धामीले जानकारी दिनु भयो । १ किलोवाट क्षमता रहेको उतm लघुजलविद्युत आयोजना सम्पन्न भएपछि सल्ला, बिलासौ,,इयरकोट, साङपाङ, सुण्डमुण्ड, पनखाए, देउलाड, धौलोटे, बसर, रैचु, जामिर, ऐराड, भिड लगायत अन्य बस्तिका दुई हजार घर धुरी लाभाम्वीत हुने आयोजनाले जनाएको छ । अहिले गाउँघरमा विद्युत सेवा संञ्चालन गर्नका लागि तारतान्ने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । यो महिनाको पुष २० गते सम्म विद्युत बालीसक्ने गरी काम भइरहेको बताइएको छ । विचमा कोरोना महामारीका कारण समेत आयोजना सम्पन्न गर्नमा ढिलाई भएको आयोजनाका अध्यक्ष पान सिह धामीले बताउनु भयो ।