दार्चुलाको उचाकोटमा जिप दुर्घटनाः तीन जनाको मृत्यु , चार घाइते

690

दार्चुला, फागुन २२ गते ।
दार्चुलाको लेकम गाउँपालिका वडा ६ उचाकोटमा जीप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार साझँ सवा पाँच बजेको समयमा शैल्यशिखर नगरपालिका ८ अम्तोलीबाट रिठाचौपाता गइरहेको ग ३ च १६९३ नम्बरको जीप उचाकोटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो ।


घटनास्थलमै मृत्यु हुनेमा जीप चालक लेकम गाउँपालिका वडा नं ६ का बर्ष ३८ का करन नाथ र शैल्यशिखर नगरपालिका वडा नं ८ बस्ने बर्ष ७० का सुना देबि पन्त रहेको उहाँले जानकारी दिनुभयो । शैल्यशिखर ८ का बर्ष ४० का पदम राज पन्तको गोकुलेश्वर अस्पताल लैजाने बेला बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो ।
त्यसैगरि घटनामा घाइते हुनेमा शैल्यशिखर ८ का बर्ष ७२ मन बुद्धिबल्लभ पन्त,  पदम राज पन्तका छोराहरु बर्ष १२ को मुकेश पन्त र बर्ष ७ को बसन्त पन्त तथा बर्ष ७० का गंगा पन्त रहेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।
जीप उचकोट भन्ने स्थानमा कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाईतेहरुको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको र दुर्घटनामा मृत्यु भएका हरुको लाश घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउदको नेतृत्वमा ७ जनाको र प्रहरी नायक निरीक्षक लोकेन्द्र पुजाराको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !