दार्चुलाका दुईवटा स्थानिय तह संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

0
474

दार्चुला, भदौ ३१ गते ।
जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाले जिल्लाका दुईवटा स्थानिय तहलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको अध्यक्षता एवम् नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पुर्व मन्त्री गणेशसिह ठगुन्नाको उपस्थितिमा शुक्रबार बैठक बसी विभिन्न निर्णय गरिएको छ । गत भाद्र २४ गते रातिको अविरल वर्षापछिको बाढी पहिरोबाट दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १, २, ३ र ४ र नौगाड गाउँपालिका वडा नम्बर १ र २ मा भएको विपतको अवस्थामा तत्काल खोज, उद्धार राहत वितरण लगायत नेपाल सरकार, सुदुरपश्चिम प्रदेश सरकार, स्थानिय तथा अन्य संघसंस्था एव्ां व्यक्तिहरुबाट भएको सहयोगमा सवैलाई धन्यावाद ज्ञापन गरेको छ । बाढिपहिरोबाट दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिका ठुलो जनधनको क्षति र त्यसबाट सिर्जित संकटलाई मध्यनजर गर्दै दुवै पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको विपद् व्यस्थापन समिति वैठकले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा मनसुन्यजन्य विपद्बाट क्षतिग्रस्त निजि आवासको पुर्नस्थापना, पुर्ननिर्माण एवं क्षतिग्रस्त भौतिक पुर्वाधार निर्माण गर्न आवयश्यक बजेट सहित एकिकृत मोडेलमा पुर्ननिर्माण लागि नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । नौगाड गाउँपालिका र महाकाली नगरपालिकामा बाढी र पहिरोमा परि ५ जनाको मृत्यु भएको छ भने १० जना वेपत्ता छन् । वेपत्ताहरुको खोजी कार्य जारी रहेको भएता पनि हाल सम्म फेला नपरेकोले वेपत्ता भएका घरपरिवारलाई मृतकको परिवार सरह राहत उपलब्ध गराउन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिनुभयो । त्यसैगरि मनसुन्य विपद्बाट सडक,बाटोघाटो,पुल, खानेपानी लगायतका अत्यावश्यक संरचनामा भएको क्षतिबाट सर्वसाधारणको दैनिकी कष्टपुर्ण भएको र केहि वस्तीमा अझै जोखिम सम्बन्धित विषयगत कार्यालयलाई पुर्ननिर्माण कार्य सुरु गरि जोखिमयुक्त बस्तीलाई सुरक्षित गरी दैनिकीलाई सहज बनाउने निणय गरेको छ । वैठकले जिल्लामा बर्षेनी मनसुन्य विपद्बाट ठुला मात्रामा जनधनको क्षति भइरहेकोले जिल्लाको जिओलोजिकल सर्वे गरी जोखिमयुक्त बस्तीको पहिचानका लागि राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राविधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ । महाकाली नगरपालिका र नौगाड गाउँपालिकालाई तत्कालीन रुपमा विपद् व्यवस्थापन र अत्यावश्यकीय संरचना निर्माणका लागि नेपाल सरकारबाट थप अनुदानका लागि अनुरोध गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाले जनाएको छ । वैठकमा महाकाली नगरपालिकाका नगरप्रमुख नरसिह चैसिर,मालिकार्जुन गाउँपालिका अध्यक्ष हिरासिह धामी, मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामी, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडाल, नौगाड गाउँपालिका अध्यक्ष दलजितसिह धामी,प्रमुख प्रशासकिय अधिकृतहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख,कार्यालय प्रमुख, राजनितिक दलका प्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । त्यसैगरि अविरल वर्षाका कारण आएको बाढिपहिरोबाट क्षतिग्रस्त क्षेत्र महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा भएको जनधनको यथेष्ट विवरण संकलनकाल लागि सरोकारवाला निकायहरुको प्रतिनिधित्व रहेको टोली परिचालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । मनसुन्य विपद्बाट प्रभावित सम्पुर्ण परिवार एवम् व्यक्तिहरुलाई न्युनतम मानविय आवश्यकताको अभाव हुन नदिन राहत वितरण कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ । यसका लागि सम्बन्धीत स्थानिय तहहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुलाई अनुरोध र अपिल गर्ने जनाएको छ ।