दार्चुलाका एकमात्र कोरोना संक्रमितको दोस्रो पिसिआर रिर्पोट नेगेटीभ

0
1583

कालापानी न्युज, दार्चुला ।
दार्चुलाका एक मात्र कोरोना संक्रमित पुरुषको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

जेठ ८ गते संकलन गरिएको थ्रोट स्वावको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएका ति पुरुषको त्यसपछि १७ गते संकलन गरिएको थ्रोट स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो ।
कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहे पनि जिल्ला अस्पत्ताल दार्चुलाको आइसोलेसनमा राखी उपचार भइरहेको छ ।

संक्रमित युवक भारतको दिल्लीबाट शौका समुदायको कुञ्चा सर्ने बेला जेठ ८ गते खलंगा पुलघाट भित्रीएका थिए ।
उहाँको दोस्रो चरणको रिपोर्ट नेगेटिभ आए पनि फेरी एकपटक पिसिआर परीक्षणका लागि नमुना संकलन गरिने र लगातार दुइ पटकको रिपोर्ट नेगेटिभ आएपछिमात्रै अस्पतालबाट डिस्चार्ज बताइएको छ ।