दार्चुलाः बर्षादको समयमा बाढी पहिरोका कारण १० जनाको मृत्यु

839

दार्चुला, साउन ३० गते ।
यस बर्षको बर्षाद सुरु भएयता दार्चुलामा बाढी पहिरोका कारण १० जनाको ज्यान गएको छ । विगत तिन महिनामा बाढी पहिरो कारण ४५ वटा घरहरु र चार वटा सरकारी कार्यालयहरु पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । गत जेठ यता दार्चुला जिल्ला भरि १६ वटा पक्की घर र २४ वटा कच्चीघरमा बाढी पहिरोले आशींक क्षती पुर्याएको छ । साथै ७ वटा सरकारी भवनमा पहिरोले आंशिक क्षति पुगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
बाढी–पहिरोले जिल्लाभरी २४ वटा आरसिसी पुल, एउटा झोलुगें पुल र १२ काठेपुल बगाएको छ । जिल्लाभरी खानेपानीका १८ टंकीमा क्षती पुगाएको छ भने १७ वटा घट्ट र २ गोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याकं रहेको छ । बाढी पहिरोकै कारण दार्चुला जिल्ला भरि १ सय ९२ चौपाया मरेका छन भने ७५ चौपाया बेपत्ता रहेको उहाँको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !