थप ३१ जनाको पिसिआर रिपोर्ट आयो

0
815

दार्चुला, असार १२ गते ।
असार २ गते दार्चुलामा संकलन गरिएको स्वाबमध्ये शुक्रवार साँझ थप ३१ जनाको रिपोर्ट आएको छ । पछिल्लो रिपोर्ट आएका कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन ।
शुक्रवार दिउसो मात्रै ३ जनाको रिपोर्ट आएको थियो । शैल्यशिखर नगरपालिकाका वासिन्दा रहेका तिनैजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
साझँ रिपोर्ट आएकामध्ये लेकम गाउँपालिकाका २ जना, मालिकार्जुन गाउँपालिकाका १० जना र शैल्यशिखर नगरपालिकाका १९ जना छन् । असार २ गते दार्चुला जिल्लाभरी २ सय २८ जनाको स्वाब पिसिआर परीक्षणका लागि संकलन गरिएको थियो ।
धनगढीस्थित प्रयोगशालामा सबै स्वाबहरु परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले बताउनुभयो । शुक्रवार साँझ ८ बजेट विज्ञप्ति निकाल्दै स्वास्थ्य कार्यालय दार्चुलाले ६४ जनाको पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।