त्रिदेशीय सीमा क्षेत्र जोड्नेबाटो क्षत विक्षत (फोटो फिचर)

0
845
भारतीय सडक निर्माणले क्षती भएको नेपालको छाङरु जोड्ने बाटो

दार्चुला, असार ८ गते ।
दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र जोड्नेबाटो क्षत विक्षत बनेको छ । बाटो अवरुद्ध भएसंगै त्रिदेशीय सीमा क्षेत्रका गाउँहरु छाङरु र तिंकर दार्चुला सदरमुकामबाट सम्पर्क विच्छेद भएका छन् ।

असार महिना सुरु भएयता भएको बर्षादका कारण ब्यास गाउँपालिकाको वडा नं १ जोड्नेबाटो पुर्ण रुपमा अवरुद्ध भएको ब्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष असोक सिह बोहराले जानकारी दिनुभयो ।

 

भौगालिक कठिनाइले दुम्लीङ देखि छाङरु जोड्ने बाटो अधिकाशं ठाउँमा महाकाली नदी किनारै किनार लगिएको छ । भारतले धार्चुला लिपुलेक सडक निर्माण गरिरहेकाले हाल महाकाली नदीमा माटो र ढुङ्गा फालिएको अवस्था छ । यसले महाकाली नदी थुनिले र नेपाल तर्फको बाटोमा क्षती हुने गरेको छ ।

 

हाल बर्षादले नेपाल तर्फको बाटो पुर्ण रुपमा अवरुद्ध भएकाले नेपालको बाटो भएर छाङरु, तिंकर तर्फ आवत जावत नगर्न वडाध्यक्ष बोहराले सम्पुर्णमा अनुरोध गरेका छन् ।

 






फोटोः असोक सिह बोहरा