तेस्रो ब्याँस गाउँपालिका स्तरीय तथा १३ औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता उद्धघाटन

0
253

दार्चुला, माघ २० गते ।
तेस्रो ब्याँस गाउँपालिका स्तरीय तथा १३ औँ राष्ट्रपति रनिङ छनोट शिल्ड प्रतियोगिता उद्धघाटन गरिएको छ । व्याँस गाउँपालिका उपाध्यक्ष विनोद सिंह कुवरको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामीको प्रमुख आतिथ्यतामा उद्धघाटन गरिएको थिए भने गाउँपालिका प्रवक्ता तथा वडा नम्वर ३ का वडा अध्यक्ष उपेन्द्र सिंह धामीको विशिष्ट आतिथ्यता रहेको थिए । प्रतियोगितामा कृषि विकास शाखा संयोजक विशेश्वर प्रसाद बडुले स्वागत मनतव्य राख्नु भएको थियो । त्यस्तै प्रतियोगिताको संचालन ब्यास गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेन्द सिंह बडालले गरेका थिए । प्रतिगोगितामा पालिका भरीका जम्मा ५ वटा विद्यालयहरुले सहभागिता रहेको जनाएको छ । सिद्ध मावि सिना,सम्पाल मावि सुन्सेरा दुर्गास्थान मावि स्याकु, वसन्तपुर मावि बसेडी, र हिमालय मावि हुतीको सहभागिता रहेको व्याँस गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बडालले बताउनु भएको छ । आज छात्रातर्फको हाइज्म्प खेल संचालन गरिएको उनले बताउनुभयो । आज देखि संचालनमा भएको प्रतियोगितामा छात्राको हाइजम्प, लमजम्प, प्रतियोगिता सम्पन्न भएको छ भने अन्य प्रतियोगिता भोली देखि संचालन हुने जनाएको छ । शुक्रबार आज सम्पन्न भएको हाइजम्प छात्रा तर्फ सम्पाल मावि सुन्सेरा प्रथम,दुर्गा स्थान मावि स्याकु द्धतिय र वसन्तपुर मावि वसेडी तृतिय भएका छन् । त्यस्तै छात्रातर्फको लमजम्पमा वसन्तपुर मावि प्रथम,हिमालय मावि हुती द्धतिय र सम्पाल मावि तृतिय भएका छ । त्रिपल जम्प छात्रातर्फहिमालय मावि हुती प्रथम सिद्ध मावि सिना द्धतिय र सम्पाल मावि सुन्सेरा तृतिय भएका छन् । त्यस्तै सटफुट छात्रातर्फ सिद्ध मावि सिना प्रथम,सम्पाल मावि सुन्सेरा द्धतिय र वसन्तपुर मावि बसेडी तृतिय भएका छन् । छनोट प्रतियोगिता माघ २२ गते सम्पन्न हुने बताईएको छ ।