तेर्छालेकमा अवरुद्ध भएको महाकाली लोकमार्ग खुलाइयो

841

साउन १ गते, दार्चुला ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ६ स्थित तेर्छालेकमा अवरुद्ध भएको महाकाली लोकमार्ग विहिबार विहानै खुलाइएको छ ।
बुधबार राती परेको अविरल बर्षादका कारण माथि बाट पहिरो खसेर अवरुद्ध भएको सडक विहिबार बिहानै खोलीएको मालिकार्जुन प्रहरी चौकी इन्चार्ज एबं प्रहरी साहयक निरिक्षक तेजबहादुर खड्काले जानकारी दिनुभयो ।
महाकाली लोकमार्ग हिजो राती देखि अवरुद्ध हुदा विहानै धनगढि बाट आउने मालबाहक सवारीका साथै आन्तरिक सवारी साधनहरु बाटोमै अलपत्र परेका थिए ।
विहिबार विहान मालिकार्जुन प्रहरी चौकीमा सडक अवरुद्ध भएको खबर आएपछि प्रहरी चौकी मालिकार्जुन बाट प्रहरी साहयक निरिक्षक तेज बहादुर खड्काको कमाण्डमा ३ जनाको प्रहरी टोली तेर्छालेक पुगेको थियो ।
सडक विभागलाई जानकारी गराएपछि विभागको जेसिविले पहिरो पन्छ्याएर सडक खुलाएको प्रहरी निरिक्षक तेज बहादुर खड्काले जानकारी दिनुभयो । गत असार १५ गते पनि उक्त क्षेत्रमा पहिरो खस्दा दार्चुला सदरमुकामलाई अन्य जिल्ला संग जोड्ने मार्गको रुपमा रहेको महाकाली लोकमार्ग १ दिन सम्म अवरुद्ध भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !