तुईन घटना छानविन गर्न घटनास्थल पुगेको टोली विरुद्ध नाराबाजी

891

दार्चुला, साउन २१ गते ।
दार्चुलाको ब्यास गाउँपालिका २ मालघाटमा एसएसबीले तुईन काटेको घटनाको छानविन गर्न भारतको बाटो भएर गएको गृह मन्त्रालयको छानविन टोली विरुद्ध घटनास्थलमा नाराबाजी गरिएको छ ।

भारतको बाटो भएर घटना स्थलतर्फ गई घटनाको छानविन गरिरहेको भन्दै स्थानिय र नेकपा विप्लवको ३०/३५ जनाको टोलीले घटनास्थलमै गएर नेपालको महाकाली नदी किनारबाट नाराबाजी गरेको स्रोतले जनाएको छ ।
भारतीय पक्षले घटना लुकाउने प्रयास गरिरहेका बेला नेपाली छानविन टोली भारतको बाटो भएर गएको भन्दै घटनास्थलको नेपाल तर्फको महाकाली नदी किनारमा नाराबाजी गरेको नेकपा विप्लव निकटको अखिल क्रान्तिकारी विद्यार्थी युनियन दार्चुलाका अध्यक्ष भुवन जोशीले जानकारी दिनुभयो । ‘आफ्नो देशमा सडक सम्म बनाउन नसक्ने अनि घटना घटाउनेको देशबाट गएर छानविन गर्ने टोली विरुद्ध हामीले घटना भएको नेपाल तर्फको महाकाली नदी किनारमा गएर नाराबाजी गर्नुका साथै छानविन टोलीमाथी ढुङ्गा मुडा समेत प्रहार गर्यौ’ जोशीले भन्नुभयो ।
नेकपा विप्लव दार्चुलाका सचिव भरत मल्ल, अखिल क्रान्तीकारी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष भुवन जोशी लगायत विप्लवका पाँच जना कार्यकर्ताहरुको टोली दार्चुला सदरमुकामबाट मंगलबार घटनास्थल तर्फ गएको थियो । माल गाउँमा जयसिह धामीको घरमा पुगेर केही आर्थिक सहयोग गरिएको जोशीले बताउनुभयो । आज घटना स्थलमा पुगि स्थानियहरु संगै विरोध कार्यक्रममा सहभागी भएको नेकपा विप्लव दार्चुलाका सचिव भरत मल्लले बताउनुभयो ।
नेकपा विप्लवका कार्यकर्ता तथा स्थानियहरुको टोलीले घटनाको छानविनका लागि घटनास्थल (भारत तर्फको महाकाली नदी किनारमा) पुगेको छानविन टोली विरुद्ध नाराबाजी गरेका थिए । नेपाल र नेपालीको सुरक्षा गर्न नसक्ने सरकार राजीनामा दे, नेपाल र नेपाली माथीको हिंसा बन्द गर लगायता नारा लगाएको मल्ले बताउनुभयो ।
स्थानियहरुले गरेको नाराबाजी छानविन टोलीले सत्यतथ्य छानविनको दवाबका रुपमा लिएको छानविन टोलीका सदस्य समेत रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशीको भनाई छ । ‘नेपाल तर्फबाट नाराबाजी गरिरहेक थिए, छानविनमा असहज त्यस्तो केहि भएन, सत्यतथ्य छानविन गर्न दवाबका रुपमा लिएका छौ’ उहाँले भन्नुभयो । घटना स्थलतर्फ गएको टोलि आजै फिर्ता भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !