तुईन काट्ने एसएसबी विरुद्ध एमाले निकट संगठन र विप्लवको संयुक्त विरोध प्रर्दशन

760

दार्चुला, साउन १६ गते । 

ब्यास गाउँपालिका २ मालघाटमा स्थानिय जय सिह धामीलाई तुईन तर्दै गर्दा तुईन काट्ने एसएसबी विरुद्ध एमाले निकट राष्ट्रिय युवा संघ, अनेरास्ववियु र नेपाल कम्युनिष्ट पार्टी विप्लव दार्चुलाले संयुक्त विरोध प्रर्दशन गरेका छन् ।

शनिबार बेलुका नेकपा एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रर्दशन राधा कृष्ण चोक र तिंकर खेडा हुदै पुलघाटमा पुगेर कोण सभामा परिणत भएको थियो । विप्लवका जिल्ला कार्यकर्ता तथा एमालेका भातृ संगठनका कार्यकर्ताहरुले संयुक्त रुपमा खलंगा पुलघाटको गेट सम्म पुगेर एसएसबी विरुद्ध नाराबाजी गरेका छन् ।

कोण सभामा बोल्दै माल घटनामा एसएसविको अमाविय हर्कत सह्य नहुने अनेरास्ववियु दार्चुलाका अध्यक्ष आनसिह बडालले भन्नुभयो । एसएसबीले नेपाली र भारतीय नागरिकहरुको रोटी बेटीको सम्बन्धलाई बेवास्ता गर्दै नेपाली नागरिकलाई महाकाली नदीमा खसाल्नुले नेपाल र भारतको नागरिक विचको सम्बन्धमा दरार ल्याउने काम गरेको उहाँको भनाई छ । साथै कोण सभामा बोल्ने नेकपा विप्लवका जिल्ला सचिव हरक मल्लले एसएसबीको उक्त हर्कत अमानविय रहेको बताउनुभयो ।

विरोध र्यालिमा भारतीय एसएसबी मुर्दाबाद, भारतीय विस्तारबाद मुर्दाबाद, कालापानी हाम्रो हो, कम्फटेबल सरकार मुर्दाबाद लगायतका नारा लगाएका थिए । र्यालीमा नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख खडक बडाल, एमालेका नेता तथा कार्यकर्ता, राष्ट्रिय युवा संघ , अनेरास्ववियु तथा नेकपा विप्लब दार्चुलाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !