तुईन काटेर धामीलाई नदीमा खसालेको भन्दै भारतको पागला थानामा एसएसबी विरुद्ध उजुरी

0
1038

दार्चुला, साउन १५ गते ।
दार्चुलाको ब्यास गाउँपालिका २ को मालघाटमा महाकाली नदी माथी तुईन तरेर भारत तर्फ जाने क्रममा एसएसबीले तुईन काटीदिदाँ स्थानिय जय सिह धामी महाकाली नदीमा खसेर बेपत्ता छन् ।

तुईन तर्ने क्रममा तुईन काट्ने एसएसबीहरु विरुद्ध वेपत्ता धामीका आफन्तले तुईन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका छन् । भारत स्वतन्त्र हुनुभन्दा पहिले देखि नेपाल भारतको क्षेत्रमा आवत जावतका लागि तुईनहरु लगाइदै आएको तथा नेपाल भारतका नागरिकहरुको आपसि सम्बन्धका कारण पनि यसरी सिमा क्षेत्रमा आवत जावत हुदै आइरहेको उजुरीमा भारतीय प्रहरीलाई जानकारी गराइएको छ । घटना भएपछि एसएसबीहरु भागेको तथा त्यस क्षेत्रमा रहेका नेपालीहरुलाई यसबारे कसैलाई नभन्न धम्क्याएको समेत उजुरीमा प्रहरीलाई जानकारी गराइएको छ । उक्त घटनाबारे मुचुल्का लिई प्राथमिक रिर्पाेट बनाउनका लागि पागला प्रहरीलाई स्थानिय बहादुर सिह धामी र जोगा सिह धामीले उजुरीपत्र दिएका छन् ।