तीन दशक पुराना जीर्ण विद्युतीय काठेपोल नफेरिदाँ दुर्घटनाको त्रास

577
दार्चुला सदरमुकाम खलंगाको विद्युत लाईनको अवस्था

दार्चुला, साउन ११ गते ।
दार्चुला सदरमुकाम खलंगामा तीन दशक पुराना विजुलीका जीर्ण काठेपोलहरु ढल्ने अवस्थामा रहेका कारण विद्युतीय दुर्घटना हुन सक्ने जोखिम रहेको  छ ।

सोमबार विहान दार्चुला सदरमुकाम बंगाबगड क्षेत्रमा काठको पोल ढल्दा त्यस क्षेत्रमा विद्युत अवरुद्ध बन्यो ।  बगंगाबगडका स्थानिय समेत रहेका सीमा प्रशासन कार्यालय ब्यासका कार्यालय प्रमुख मोहन धामीले सामाजिक सञ्जाल मार्फत काठेपोल जिर्ण भएकाले एक दर्जन बढी घरहरु जोखिममा रहेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् । काठेपोल ढलेको ठाउँमा सोमबार नै पोल फेर्ने काम भइरहेको विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका सूचना अधिकारी कुलदिप सदाले बताए ।
दार्चुला सदरमुकाम खलंगामा विद्युत लाईनमा प्रयोग भएका काठका पोलहरु जिर्ण हुदाँ विद्युतीय दुघर्टनाको जोखिम बढेको छ । दार्चुला जिल्लामा पहिलो पटक ठुलो जलविद्युत आयोजनाको रुपमा २०४९ सालमा विद्युत उत्पादन थालेको डुङरी जलविद्युत आयोजनालाई प्रसारण गर्नका लागी प्रयोग गरीएका तीन दशक पुराना केहि काठका पोलहरु अझै फेरीएका छैनन् ।
निजि स्वामित्तमा २०४९ सालमा उत्पादन गरीएको डुङरी जलविद्युत आयोजनाको विद्युतलाइ प्रसारण गर्नका लागी तत्कालिन समयमा काठका पोलहरुको प्रयोग गरीएको थियो । डुङरी जलविद्युत आयोजना २०७६ सालको बाढीले क्षती गरेको छ । २०७३ साल कार्तिकमा दार्चुलाको विद्युत कार्यालय सरकारीकरण भएको छ । तर जिर्ण विद्युतीय काठका पोल फेर्न सरोकारवालाको ध्यान गएको देखिदैन । महाकाली नगरपालिकाले समेत विभिन्न आर्थिक बर्षहरुमा विद्युत क्षेत्र सुधारका लागि बजेट समेत विनियोजन गरेको देखिन्छ । तर प्रभावकारी रुपमा दार्चुला सदरमुकाममा विद्युत लाईन सुधारको काम भएको देखिदैन । केहि समय अघि विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाले काठका पोलहरु फेर्नका लागि काठेपोल भएको ठाउँमा फलामे पोलहरु राखेको छ । तर विद्युतीय तारहरु जिर्ण काठको पोलबाट फलामे पोलमा स्थानान्तरण गरिएको छैन । चालु आर्थिक बर्षमा संगै रहेका फलामे पोलहरुमा विद्युतीय तारहरु स्थानान्तरण गर्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका कार्यालय प्रमुख मोहनदेब जोशीको भनाई छ । दार्चुला सदरमुकाममा जीर्ण अवस्थामा रहेका काठेपोलहरुको ठाउँमा फलामे पोलहरु राखिएको भएकाले तारहरु मात्रै स्थानान्तरण गर्न बाकि रहेको उहाँको भनाई छ । चालु आर्थिक बर्षमा आएको मर्मत सम्बन्धी बजेटबाट उक्त काम गर्ने कार्यालय प्रमुख जोशीको भनाई छ ।
सीमा प्रशासन कार्यालय ब्यासका प्रमुख धामीले फेसबुकमा बंगाबगड क्षेत्रको पोलहरुको अवस्थाको फोटोहरु राखेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र दार्चुलाको ध्यानाकर्षण गराएको छ । जिर्ण पोलहरुका कारण जोखिम रहेको गुनासो आएकाले गुनासो सुनुवाई गर्न प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले विद्युत वितरण केन्द्रको ध्यानाकर्षण गराएका छन् । साथै उक्त सम्बन्धमा भएको काम जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन समेत भनिएको छ

तपाईको प्रतिक्रिया दिनुहोस् !