तीन किलोग्राम यार्सा सहित एक जना पक्राउ

0
706
फाइल फोटो

दार्चुला, साउन १३ गते ।
दार्चुलामा एक जना तीन किलो अबैध यार्सा सहित पक्राउ परेका छन् । ब्यासबाट दार्चुला सदरमुकाम आउने क्रममा तिमुरबाटामा चेकजाँच गर्दा ब्यास गाउँपालिका ३ सीनाका २४ बर्षिय गिरेस कुवरलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार दिउसो १ बजे चेकजाँचका क्रममा प्लास्टिकका पोकामा यार्सागुम्बा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले बताउनुभयो । प्लास्टिक सहित यार्साको तौल तीन किलोग्राम रहेको छ । यार्सा गुम्बा जिल्लामा अबैध नभएपनि जडिबुटी ओसार पसारका लागि अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले दिने छुट पुर्जी नभएका कारण कुवर पक्राउ परेका हुन् । पक्राउ परेका कुवरलाई अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलामा यार्सा गुम्बा सहित बुझाएको उहाँले बताउनुभयो । केही दिन अघि भारतबाट यार्सा ल्याउने क्रममा दुई जना पुलघाट बाट पक्राउ परेका थिए । उनिहरु मध्ये २ सय ४० ग्राम यार्सा सहित पक्राउ परेकि महिलालाई स्वास्थ्य अवस्थाका कारण धरौटीमा छोडीएको र ९० ग्राम यार्सा सहित पक्राउ परेका भारतीय नागरिक गषेण सिह विष्ट हाल थुनामै रहेका छन् ।