तिंकरमा सशस्त्र विओपी भवन निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

951

दार्चुला, साउन २१ गते ।
दार्चुलाको चीन संगको सीमा ब्यास गाउँपालिका वडा नं १ तिंकरमा निर्माण हुन लागेको सशस्त्र प्रहरीको विओपी भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

भवन निर्माणको काम लगभग ९५ प्रतिशत सम्पन्न भएको सशस्त्र प्रहरी ४४ नम्बर गण दार्चुलाका गणपति एसपी नरेन्द्र बमंले जानकारी दिनुभयो ।

निर्माण कार्य सुरु भएको एक महिनामै निर्माण कार्य अन्तिम चरणमा पुगेको उहाँको भनाई छ ।‘हेलिकोप्टरबाट निर्माण सामग्रीहरु ढुवानी भएको थियो, कार्य सुरु भएको एक महिनामै निर्माण सम्पन्न हुन लागेको छ’ एसपी बमंले भन्नुभयो ।


विओपीको दुई वटा भवन ब्लक संगै भान्सा र शौचालय निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ । तिंकर सीमा प्रहरी चौकी नजिकै बनाइएको विओपीको भवन तिंकर भन्सारको छियालेक क्षेत्रको जमिनमा निर्माण भइरहेको हो ।

तिंकर गाउँबाट दुई किलोमिटरको दुरीमा रहेको छियालेकमा सशस्त्र प्रहरीको विओपी र नेपाल प्रहरीको सीमा चौकी रहेको छ । छियालेक भन्दा माथि मानव उपस्थिति छैन । यहाँबाट चार/पाच घण्टाको उकालो पैदल यात्रा गरेपछि नेपाल र चिनको सिमाना छुट्याउने टिंकर भञ्ज्याङको १ नम्बर पिलरमा पुगिन्छ ।

तस्बिर साैजन्य: याेगेश ऐतवाल/छाङरू

तपाईको प्रतिक्रिया दिनुहोस् !