तिंकरमा खटियो प्रहरी, डिआईजी निरीक्षण गरि फिर्ता

0
882
फाइल फोटोः तिंकर गाउँ

दार्चुला, जेठ २३ गते ।

ब्यास गाउँपालिका वडा नं १ तिंकरमा प्रहरी टोली खटिएको छ । ब्यास क्षेत्रमा भारी हिमपात हुने भएकाले सीमा प्रहरी चौकी तिंकरको प्रहरीटोली हिउदमा जिल्ला सदरमुकाम झरेको छ ।

गर्मी महिना लागे संगै प्रहरी टोली शनिबारदेखि तिंकरमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हेलिकोप्टर मार्फत प्रहरी टोली, बन्दोबन्दीका सामान र रासन समेत पुगाइएको छ । ६ महिना पुग्ने खाद्यान्न ढुवानी गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । तिंकरको छियालेक सिमा प्रहरी चौकीम प्रहरी नायब निरीक्षक हरक सिह महताको कमाण्डमा प्रहरी टोली खटिएको उहाँले बताउनुभयो । सीतापुल प्रहरी चौकीमा पनि पाँच जना प्रहरी थपिएको छ । सितापुल प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक प्रकाश सिहको कमाण्डमा प्रहरी टोली रहेको छ । प्रहरी टोली संगै डिआइजी प्रकाश अधिकारीले समेत ब्यास क्षेत्रको निरीक्षण गरेका छन् । तिंकर र छाङरुमा रहेका प्रहरीहरुको बन्दोबस्ती बुझ्न तथा भवन निर्माण हुन गइरहेकाले त्यसबारे बुझ्न डिआईजी त्यस क्षेत्र तर्फ गएको उहाँले बताउनुभयो । साथै दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशी, सशस्त्र प्रहरी बल ४४ नम्बर गणका प्रमुख नरेन्द्र बमं, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी मनोहर प्रसाद भट्ट लगायत ब्यास पुगेका थिए ।