तिंकरबाट खलंगा पुग्यो कुञ्चा

903

दार्चुला, मंसिर ८ गते ।
सिमा क्षेत्रको गाउँ तिंकरबाट पाँच दिन अघि आएको कुञ्चा सोमबार दार्चुला सदरमुकाम खलंगा पुगेको छ । उच्च हिमाली गाउँ तिंकरमा भारी हिमपात हुने भएकाले तिंकर बासिहरु मौषमी बसाई अर्थात कुञ्चा सरेर खलंगा पुगेका छन् भने छाङरु बासिहरु पनि खलंगा झर्ने तयारीमा छन् । नेपालको बाटो भएर सदरमुकाम आउन सहज नभएका कारण भारतको बाटो भएर ब्यासी शौका समुदाय कुञ्चा सरिरहेका छन् ।
ब्यासी शौका समुदायका लागि विहान ९ बजे देखि साझ ५ बजे सम्म खुलेको नेपाल भारत सीमा पुलबाट सोमबार दुई हजार भन्दा बढीले आवत जावत गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो ।
सितापुल नाका खोलेर मङ्सिर ३ गते भारतीय बाटो हुँदै धारचुला झरेका तिंकरका ६० परिवार आज खलंगा पुगेका छन् ।
पुल खुलेका बेला अन्य दुई हजार भन्दा बढी सर्वसाधारणहरुले भारतको धार्चुला बजार गएर किनबेच गरेका छन् ।

महिनौदेखि भारत जान नपाएका नेपालीहरुले नौ घण्टामै भारतीय बजार धारचुलाको चिनी र प्याज रित्याएका छन् । दिउँसोसम्म भारतीय बजार क्षेत्रमा चिनी र प्याज पाइएपनि साँझतिर भने भारतीय बजार क्षेत्रमा चिनी र प्याज अभाव भएको बताइएको छ । किनमेलका लागि धार्चुला पुगेका दुई हजार भन्दा बढी नेपालीहरुले लाखौको सामान खरिद गरेको भारतीय ब्यापारीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !