डेढ महिनाभित्र उत्तराखण्डमा एयर एम्बुलेन्स सेवा

2369

दार्चुला, मंसिर २४ गते ।
उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले डेढ महिनाभित्रै उत्तराखण्ड सरकारले एयर एम्बुलेन्स सेवा सुरु गर्न लागेको बताएका छन् । धारचुलामा आयोजित रं महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले संविधान दिवसको अवसरमा जनवरी २६ बाट सेवा सुरु गरिने बताउनुभयो ।
राज्य सरकारले एयर एम्बुलेन्स सेवाका लागि एउटा हेलिकोप्टरको व्यवस्था गरिसकेको मुख्यमन्त्रीको भनाई छ । एक हप्ताअघि देहरादूनमा यसको परीक्षण समेत गरिएको थियो । उत्तराखण्ड राज्यको दुर्गम क्षेत्रमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने राज्य सरकारको तयारी छ । भारतमा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने उत्तराखण्ड पहिलो राज्य बन्दैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !