डिडीहाटबाट नेपाली कामदार भगाउने ठेकेदारलाई कारवाही गरिने

0
1229

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइरसको प्रकोपले नेपाल र भारत दुबै देश लकडाउन भएका बेला भारतबाट नेपाली कामदारहरुलाई नेपाल भगाउने ठेकेदारका विरुद्ध कारवाही गरिने भएको छ । एक भारतीय ठेकेदारले भारतको पिथौराग जिल्लाको डिडीहाट क्षेत्रमा काम गरिरहेका १५ जना नेपाली मजदुरहरुलाई राती नेपाल भगाएका थिए ।
ठेकेदारले बुधबार भगाएपछि नेपाली मजदुरहरु रातारात नेपाल तिर आइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले देखेपछि ठेकेदारले भगाएको बारे थाहा भएको थियो ।
नेपाली मजदुरहरुले प्रहरीलाई ठेकेदारले रातारात नेपाल पठाएको बताएका छन् । उत्तराखण्ड प्रहरीले लकडाउनको समयमा रातारात मजदुरहरुलाई लखेकोले ठेकेदारका विरुद्ध भारतीय संविधानको धारा २६९ र १८८ अनुसार मुद्दा दर्ता गरेको भारतीय अनलाईन पत्रिका जागरणले समाचार लेखेको छ ।
ठेकेदारले लखेटेका नेपाली मजदुरहरुलाई हाल राहत शिविरमा राखीएको र लकडाउन खुला भएपछी नेपाल पठाइने भारतीय अधिकारीहरुले बताएका छन् ।