डिएमको आश्वासनपछि अनशन तोडियो

0
2019

दार्चुला, माघ २० गते ।
भारतको धारचुला तहसिलमा १३ सुत्रिय माग राखी भइरहेको रिले अनशन पिथौरागढका डिएमको आश्वासनपछि आइतवार तोडिएको छ । व्यास, दारमा र चौदास क्षेत्रका वासिन्दाले आधारभूत सुविधाको माग गर्दै तहसिल कार्यालयमा अनशन गर्दैआएका थिए ।
पिथौरागढका डिएम डा. विजयकुमार दोगदण्डेले स्थानीयको मागअनुसार टेलिफोन टावर स्थापना गरिने बताएका छन् । मोबाइल टावर स्थापना नहुदासम्म स्याटेलाइट फोनसेवा स्थानीय वासिन्दालाई दिइने डिएमको भनाई छ ।
स्थानीय जनताले उठाएका स्वास्थ्य, सडक सम्बन्धि माग पनि पूरा गरिने डिएमले बताएका छन् । अनशनकारीले एक महिनाभित्र आफ्ना माग सम्बोधन नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आइतवार धारचुला तहसिल कार्यालयमा युवा शक्ति संगठनका अध्यक्ष एवं जिल्ला पञ्चायत सदस्य सुरेश जेठाले डिएम जोगदण्डेसंग वार्ता गरेका थिए । लामो समयदेखि सडक, स्वास्थ्य, सञ्चार, शिक्षाको क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन माग गरिदैआएको अनशनकारीले बताएका छन् ।
डिजिटल भारत अभियान चलिरहेको समयमा सिमाक्षेत्रका ३० गाउँमा आधारभूत सुविधा पुर्याउन नसकिएकोमा स्थानीय वासिन्दाको गुनासो छ । स्थानीयका समस्याबारे प्रशासन गम्भीर रहेको डिएम डा. विजयकुमार दोगदण्डेले बताएका छन् ।
अनशनमा सहभागी छात्रसंग अध्यक्ष सागर विष्ट, हरेन्द्र दानू, लक्ष्मण सि.ह, हरिश विष्टलगायतका युवाहरुको छलफलमा सहभागिता थियो ।