डडेल्धुरा कारागारमा रहेका दार्चुलाका एक पुरुषको मृत्यु

0
2273

कालापानी न्युज, दार्चुला । डडेल्धुराको कारागारमा रहेका दार्चुलाका एक जना कैदीको मृत्यु भएको छ । दार्चुलाको ब्यास गाउँपालिका वडा नं ४ सुन्सेरा घर भएका ३५ बर्षीय धनसिह खातीको सोमबार राती उपचारका क्रममा मृत्यु भएको कारागार कार्यालय डडेलधुराका सुरक्षा गार्ड प्रमुख प्रहरी साहयक निरीक्षक खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।
चोरी डाका मुद्दामा जिल्ला अदालत दार्चुला बाट २०७५ सालमा कैदको फैसला भएको थियो ।
दार्चुला कारागारमा विरामी भएपछि २०७६ असारमा कैलाली उपचारको लागी पठाएको कारागार कार्यालय दार्चुलाका प्रमुख मान बहादुर खडायतले जानकारी दिनुभयो । कैलाली कारागारले २०७६ पुसमा डडेलधुरा कारागार पठाएको प्रहरी साहयक निरीक्षक खगेन्द्र कार्कीले बताएका छन् ।
२०७८ पुस सम्मको सजाय पाएका खाती गत जेठ १५ गते विरामी भएपछि अस्पत्ताल भर्ना गरिएको थियो । अस्पत्तालमै सोमबार राती ८ बजेतिर उपचारको क्रममा उहाँको मृत्यु भएको डडेल्धुरा कारागार स्रोतले जनाएको छ ।
मृतकको घरमा घटना बारे जानकारी गराएकाले डडेल्धुरापुगेपछि शब आफ्न्तको जिम्मा लगाइने कारागार कार्यालय डडेल्धुराका सुरक्षा गार्ड कार्कीको भनाई छ ।