ठाउँ अभावले धार्चुलाबाट २ सय २६ जना नेपाली कामदार पिथौरागढ पुगाइयो

0
1336

विरा दत्त भट्ट, दार्चुला ।

लकडाउनका कारण नेपाल आउन नपाएर विगत ३ हप्ता देखी भारतको धार्चुला र जौलजिविको राहत शिविरमा रहेका २ सय २६ जना मजदुरहरुलाई पिथौरागढ पुगाइएको छ । यिनिहरुलाई डिग्रीकलेज र जिआइसि पिथौरागढमा राखीएको छ भने प्रशासनले खाने र बस्ने ब्यवस्थापन गरेको छ ।
धार्चुलाका एसडिएम अनिल कुमार शुक्लाका अनुसार राहत शिविरमा नेपालीहरुको संख्या बढि भएकाले बस्ने ठाउँको कमि हुदाँ पिथौरागढ पठाइएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । अब धार्चुलाका राहत शिविरहरु जिआइसि ब्रह्म, बालुवाकोट, निगलपानी र मिनि स्टेडियममा ९ सय ३९ जना नेपाली मजदुरहरु मात्र रहेका छन् ।
धौलीगंगा पावर स्टेशनले मिनि स्टेडियममा रहेका ३ सय ३६ जना र निगलपानीमा रहेका ३२ नेपाली कामदारहरुका लागी खाना र ओढ्ने कपडाहरुको ब्यवस्थापन गरेको छ ।
मंगलबार पिथौरागढ पुगाइएका नेपाली मजदुरहरुको खाना र बसोबासको ब्यवस्थापन बुझ्न जिल्ला अधिकारी डा. विजय कुमार जोगदण्डे, एडिएम आरडी पालीवाल र एसडीएम तुसार सैनी डिग्रीकलेज र जिआइसि पिथौरागढमा पुगेका थिए ।