ट्युब तरेर भारत पुगेका चार जना नेपाली पक्राउ

0
743

दार्चुला, कार्तिक २६ गते ।
नेपाल भारत सीमानाका बन्द रहेका बेला महाकाली नदीमाथि ट्युब तरेर भारतको पिथौरागढ तर्फ गएका चार जना नेपालीहरुलाई भारतीय एसएसबीले पक्राउ गरेको छ । सीमानाका बन्द भएका बेला भारत गएको भन्दै पक्राउ गरि चारै जना विरुद्ध पासपोर्ट अधिनियम अनुसार मुद्धा दर्ता गरि कारवाही भइरहेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । बैतडीको झुलाघाट नाकाबाट भारत प्रबेश गरेका बझाङका पुष्कर बहादुर बोहरा, जनक बोहरा, गजेंद्र बोहरा र बीर बहादुर बोहरालाई एसएसबीले पक्राउ गरि प्रहरीलाई बुझाएको थियो । कोरोना प्रभावका कारण रोजगारीबाट फर्किएका नेपालीहरु रोजगारीका लागि फर्किने क्रममा अबैध रुपमा भारत प्रबेश गरेको भन्दै एसएसबीले पक्राउ गरेको हो ।