झुलाघाटमा नेपाली श्रमीकहरुलाई घरबाट निकाल्ने ठकेदार विरुद्ध मुद्दा दर्ता

0
865
फाइल फोटोः झुलाघाट नाका

विरा दत्त भट्ट, दार्चुला ।

कोरोना भाइसरको संकटका बेला १३ जना नेपाली कामदारहरुलाई घरबाट निकालेको अभियोगमा भारतीय ठेकेदार विरुद्ध पिथौरागढ प्रहरीले मुद्दा दर्ता गरेको छ ।
पिथौरागढ जिल्ला पञ्चायत सदस्यका श्रीमान सहीत २ जना ठेकदार विरुद्ध महामारी अधिनियम अनुसार प्रहरीले मुद्दा दर्ता गरेको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।
घटनाको प्रहरीले अनुसन्धान गरिरहेको र दोसि पाइएमा कारवाही गरिने बताइएको छ ।
सोमबार नेपालका विभिन्न जिल्लाका १३ जना मजदुरहरुलाई भारतीय सिमा सुरक्षा बल एसएसविले ट्युबबाट नेपाल जाने क्रममा महाकाली नदी किनारको गाउँ कोठेरामा पक्राउ गरि प्रहरीलाई बुझाएको थियो ।
नेपाली नागरिकहरुले प्रहरी संगको बयानमा तडेमीया जिल्ला पञ्चायत सदस्यका श्रीमान जिवन कोहली र निर्मल ठेकेदारको घरमा काम गरिरहेको र घरबाट निकालेको बताएका छन् ।