जोलजीवि महोत्सवमा सोमबार गायक जनक महराको प्रस्तुति

0
2405

दार्चुला, मंसिर ३ गते ।
शनिवारदेखि सुरु भएको ऐतिहासिक जोलजिवी मेलामा सोमबार गायक जनक महराको प्रस्तुति रहेको छ । मेला उद्घाटनको दोस्रो दिन गायिक पुष्पा बोहराले आफ्नो सांगितिक प्रस्तुति राख्नुभएको थियो । सोमबार गायक महराले दर्शकहरुलाई सांगितिक प्रस्तुतिबाट मनोरञ्जन दिलाएका छन् ।
उदघोषकद्वय कृष्ण धामी र उमादेवी खनालले पनि दर्शकहरुलाई मनोरञ्जन दिलाएका छन् । मंगलवार सुदूरपश्चिमका लोकप्रिय गायक महेश औलीको सांगितिक प्रस्तुति रहने मेला महोत्सव आयोजक समितिका ंसंयोजक लोकेन्द्रसिह धामीले बताउनुभयो । गायक औली सोमबार साँझ जोलजिवी पुगिसकेका छन् । महोत्सवमा विहान ११ बजेदेखि दिउसो ५ बजेसम्म सांगितिक तथा सांस्कृतिक प्रस्तुति भइरहेको संयोजक धामीले बताउनुभयो ।
मालिकार्जुन गाँउपालिकाको आयोजनामा पहिलो पटक जोलजिवी महोत्सव सञ्चालन गरिएको हो ।
जोलजिवी महोत्सवको पहिलो दिन करिब एक हजारको सहभागिता रहेको अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले शनिवार जोलजिवी महोत्सवको उद्घाटन गर्नुभएको थियो ।
महोत्सवको दोस्रो दिन आइतवार बढी भीड देखिएको थियो । आइतवार भारतमा सार्वजनिक विदा भएकाले दर्शक बढेको आयोजकको बुझाइ छ । आइतवार १२ सयदेखि १५ सयको सहभागिता रहेको आयोजक समितिका संयोजक लोकेन्द्रसिह धामीको अनुमान छ । सोमबार दिउसोको सांगितिक प्रस्तुतिमा झण्डै एक हजार दर्शक सहभागी बनेका छन् ।