जोलजिविमा ट्रक दुर्घटना, चालक र सहचालकको मृत्यु

780

दार्चुला, भाद्र ६ गते । 
भारतको पिथौरागढ जिल्ला अन्र्तगतको जोलजिविमा शनिबार दिउसो ट्रक दुर्घटनामा परेको छ ।

धार्चुलाबाट पिथौरागढ गइरहेको ट्रक जोलजिविको एसएसबी क्याम्प नजिक दुर्घटनाहुदाँ चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ । चम्पावत बस्ने ३६ बर्षिय हयात सिह अधिकारी तथा भारतोली बस्ने सह–चालक दिपक बोहराले ट्रक खसेपछि हाम फालेको भएपनि सडकमै चोट लागेको बताइएको छ । युके ०४ सिडि ८७८८ नम्बरको ट्रक सडकबाट महाकाली नदीमा खसेको हो । दुर्घटनाको जानकारी आएपछि अस्कोटबाट प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का लिएको हो । शब पोष्टमार्टमका लागि पिथौरागढ जिल्ला अस्पताल लगिएको छ । जोलजिबि क्षेत्रमा मोबाईल टावरले काम नगर्ने भएकाले एम्बुलेन्सलाई तत्काल फोन गर्न नसकिदाँ थप उपचारका लागि बाहिर लग्न नसकिएको बताइएको छ । सञ्चार नहुदाँ दुर्घटनामा परेका ब्यक्तिहरुको समयमै उद्धार समेत गर्न नसकिने अवस्था भएकाले स्थानियहरुले सञ्चारसेवा सुधारको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !