जुवातास खेलिरहेका १९ जना नगद सहित पक्राउ

0
860
फाइल फोटो

दार्चला, कार्तिक १६ गते ।
दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ३ को खारमा जुवातास खेलिहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जुवातास खेलिरहेका १४ जना एक खाल र ५ जना अर्काे खालबाट गरि १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एबं प्रहरी निरिक्षक भास्कर चन्दले जानकारी दिनुभयो । जुवा तास खेलिरहेको अवस्थामा १४ जनालाई ६० हजार ४ सय ६५ नगद रुपैया र दुई गड्डी तास सहित पक्राउ गरिएको छ भने अर्का खालबाट ५ जनालाई १० हजार दुई सय ८० रुपैयाँ नगद र एक गड्डी तास सहित पक्राउ गरिएको प्रहरी निरिक्षक चन्दले जानकारी दिनुभयो ।
दल्लेख प्रहरी चौकीका प्रहरी नायब निरीक्षक केशबदत्त पन्तको नेतृत्वमा खटिएको टोलीले शनिबार राती साढे १० बजेतीर जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।
पक्राउ परेका जुवाडेहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याईएको र मुलुकी अपराध संहिता अनुसार मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाइने प्रहरी निरिक्षक चन्दले जानकारी दिनुभयो । दशै तिहारका बेला जुवातास खेल्ने प्रबृतीले समाजमा विकृती बढीरहेकाले दार्चुला प्रहरीले जुवातास खेल्ने विरुद्ध अभियान चलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख एबं डिएसपी पदम बहादुर विष्टको भनाई छ ।