जुमा पहिरोको भुगर्भ परिक्षण गरियो

0
855

दार्चुला, भाद्र १९ गते ।

भारतको धार्चुला तहशिलको जुमा क्षेत्रमा भाद्र १३ गते राती गएको बाढी पहिरोको भुगर्भ परिक्षण गरिएको छ ।

बाढी पहिरोको भु-परिक्षण गरि टोली फिर्ता भएको भारतीय पत्रिका दैनिक जागरणले समाचार लेखेको छ । भु परिक्षण पश्चात भु-बैज्ञानिकहरुले जुमा क्षेत्रमा अझै पनि बाढि पहिरोको जोखिम रहेको बताएका छन् । उत्तराखण्ड राज्यको राजधानी देहरादुनबाट आएको तथा पिथौरागढका भु-बैज्ञानिकहरुको संयुक्त टोलीले जुमा गाउँको २५ किलोमिटर क्षेत्रमा भु परिक्षण गरेका छन् । धार्चुलाबाट हेलिकोप्टरमा जुमा पुगेको टोलीले माथिल्लो क्षेत्रमा कमसल माटो र तल्लो क्षेत्रमा भइरहेको कटानले पहिरोको जोखिम रहेको बताएका छन् । टोली गाउँको भु-परिक्षण गरेर शुक्रबार नै फिर्ता भएको छ ।