जुमाको पहिरोमा आफन्त गुमाएकालाई उत्तराखण्डका मुख्यमन्त्रीले दिए चार लाख राहत

700

दार्चुला, भाद्र १७ गते ।
भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिह धामीले गत मंगलबार धार्चुला तहशिलको जुमा क्षेत्रको बाढी पहिरोको निरीक्षण अनुगमन गरेका छन् ।

भाद्र १३ गते राती गएको बाढी पहिरोका कारण जुमा गाउँमा ठुलो धनजनको क्षती भएको छ । भाद्र १५ गते हेलिकोप्टर मार्फत जुमाक्षेत्र पुगेका मुख्य मन्त्री धामीले बाढी पहिरो प्रभावित हरुसंग भेटघाटका साथै प्रभावितहरुका लागि भइरहेको राहत कार्य तथा बेपत्ता ब्यक्तिहरुको खोजी बारे अनुगमन गरेको पिथौरागढ जिल्ला प्रशासनले जनाएको छ । मुख्य मन्त्री धामीले एलागाडमा रहेको एसएसबी क्याम्पमा जुमाका जामुनी र सिरौउयार गाउँका बाढी पहिरो पिडितहरु संग भेटघाट गर्दै विपद्का बेला राज्य सरकार साथमा रहेको आश्वासन दिएका छन् ।
मुख्यमन्त्री धामीले पहिरोमा परि आफन्त गुमाएका प्रभावित परिवारलाई भेटघाटका क्रममा प्रति मृतक ४ लाखका दरले चेक राहत स्वरुप हस्तान्तरण गरेका थिए । साथै मुख्य मन्त्री आर्थिक सहायता कोषबाट समेत आफन्त गुमाएकाहरुलाई एक एक लाख रुपैयाँ उपलब्ध गराउने मुख्य मन्त्रीले प्रतिबद्धता ब्यक्त गरेका छन् ।
मुख्य मन्त्री धामीले धार्चुलाको मल्लो बजारका बाढी पहिरो प्रभावितहरु संग पनि भेटघाट गरेका छन् । धार्चुलाको ग्वाल गाउँ र खोतिला क्षेत्रमा महाकाली नदीको कटान रोक्नका लागि बाध बनाउन आवस्यक बजेट विनियोजन गर्ने मुख्यमन्त्री धामीले घोषणा गरेका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्र भ्रमणका क्रममा उत्तराखण्डका पेयजल मन्त्री विसन सिह चुफाल, अल्मोडाका सासंद अजय टमटा, पिथौरागढ जिल्ला अधिकारी आसिस चौहान, पिथौरागढका सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !