जिल्ला सुरक्षा समितिद्धारा छाङरु र तिंकरको मतदान केन्द्र निरीक्षण

568
फाइल फोटोः तिंकर गाउँ

दार्चुला, बैशाख ८ गते ।

भारतले अतिक्रमण गरेको कालापानी नजिकको क्षेत्रमा स्थानीय तह निर्वाचनको लागि जिल्ला सुरक्षा समितिले विहिबारअनुगमन निरीक्षण गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत छाङरु पुगेर मतदान स्थल लगायत सुरक्षा व्यवस्थाको अनुगमन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो ।  छाङरु पुगेको सुरक्षा समिति र नेपाली सेनाको टोलीले त्यहा स्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्म र प्रहरी चौकीको पनि निरीक्षण अनुगमन गरेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो । त्यस क्षेत्र सम्म पुग्नका लागि नेपाली क्षेत्रमा बाटो नभएकाले निर्वाचनमा खटिने सुरक्षाकर्मी त्यहिबाट व्यवस्थापन गर्ने योजना रहेको उहाँले बताउनुभयो । निर्वाचन सामग्री र कर्मचारीहरुलाई भने हेलिकोप्टर मार्फत पुगाइने छ । व्यास गाउँपालिकाको वडा नं १ छाङरुतिंकरमा दुईवटा मतदान केन्द्र छन् । निर्वाचनका लागि मतदाता भने अझै गाउँ पुगिसकेका छैनन् । हिउँदमा चिसो छल्न दार्चुला सदरमुकाम झरेका ब्यासबासि भारतको बाटो भएर गाउँ जाने तयारीमा रहेका छन् । भारतको बाटो प्रयोग गर्नका लागि त्यहाँका दुई सय परिवारलाई भारतीय प्रशासनको अनुमति प्राप्त भइसकेको व्यास गाउँपालिका वडा नं १ का वडाध्यक्ष अशोकसिह बोहराले बताउनुभयो । उहाँका अनुसार छाङरुतिंकरका बासिन्दा भारतीय बाटो भएर केही दिनमा गाउँतिर जाने तयारीमा रहेका छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस् !