जिल्ला प्रशासन कार्यालय दार्चुलाको अगुवाईमा खलंगा बजार अनुगमन

0
1047

दार्चुला, असोज ८ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाको अगुवाईमा जिल्ला सदरमुकाम खलंगाको बजार अनुगमन गरिएको छ । महाकाली नगरपालिकाको वडा नं ४ क्षेत्रको बजारका केहि पसलहरु अगुगमन गरि म्याद नाघेका समग्री जफत गरि जलाइएको छ । खलंगाको भारत संगको नाका बन्द रहेका कारण पछिल्लो समय खलंगा बजारमा धेरै मात्रामा म्याद नाघेका सामग्रीहरु नभेटिने गरेको बजार अनुगमनमा गएका जिल्ला प्रशासन कार्यालय दार्चुलाका कर्मचारी सागर जोशीको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुला, महाकाली नगरपालिका, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी ४४ नम्बर गणबाट गएको प्रतिनिधीहरुको टोलीले बजारको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
बजार अनुगमनका क्रममा १ सय ३ लिटर मिनिरल वाटर, ६ लीटर बनस्पति घिउ, स्नेहा खाजा १७ प्याकेट, करेन्ट मिठाई १ डिब्बा, ४ वटा मेजिक बोतल, १६ प्याकेट मसला, १८ कुरकुरे, १ प्याकेट नमकिन, ३ प्याकेट बेसन, ४ प्याकेट कफी, ४२ डिब्बा तेल, ४ क्रिम र ५ डिब्बा निर बरामद गरिएको अनुगमन टोलीमा गएका जिल्ला प्रशासन कार्यालय दार्चुलाका कर्मचारी जोशीले जानकारी दिनुभयो ।
बरामद गरिएका म्याद नाघेका सामग्रीहरु आजै जलाएर नष्ट गरिएको छ ।