जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्रभावकारी सेवा लिन यसो गरौँ  !

0
596

दार्चुला, पुष ९ गते । 

जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउँदा खिचेको फोटो मिलेन भनेर फर्किनु पर्ने वा अन्य कुनै कागजात मिलेन भनेर फेरि वडा सम्म दौडिनु पर्ने अवस्थाको अधिकांशले सामना गरिरहेका हुन्छन् ।

सेवा लिदाँ चाहिने आवस्यक कागजात बारे थाहा नपाएरै नागरिकहरूले हैरानी खेप्नु नपरोस् भनेर जिल्ला प्रशासन कार्यालय दार्चुलाले मसिनो गरि त्यस सम्बन्धि जानकारी दिएको छ । शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले आम सेवाग्राहीहरूलाई प्रभावकारी सेवा लिनका लागि आवश्यक कागजातबारे जानकारी गराएको हो ।
आम नागरिकहरूलाई सेवा लिन सहज होस भन्ने उद्देश्यले सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस् ।