जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्ताका बार अनुसार सेवा दिने

869

दार्चुला, कार्तिक १६ गते ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले हप्ताका फरक बार अनुसार फरक स्थानिय तहहरुका नागरिकहरुलाई सेवा प्रबाह गर्ने भएको छ । कोरोना महामारीको जोखिमबाट बच्न सोमबारदेखि लागु हुनेगरी हप्ताबा बार अनुसार सेवा प्रवाह गर्ने गरि समय तालिका सार्वजनिक गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभयो ।
कोरोना महामारीको जोखिमलाई मध्यनजर गरि भीडभाड न्युनीकरण गर्ने उद्देश्यले समय तालिका अनुसार सेवा प्रबाह गर्न लागेको प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाई छ ।
आइतबार र सोमबार महाकाली नगरपालिका, दुहूँ गाउँपालिका र ब्याँस गाउँपालिकाका सेवाग्राहीहरुलाई हप्तामा दुई दिन मात्रै सेवा प्रबाह गरिने छ । यस्तै मंगलबार र बुधबार शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका सेवाग्राहीहरुलाई मात्र सेवा प्रबाह गरिनेछ । त्यस्तै विहीबार र शुक्रबार मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका सेवाग्राहीहरुलाई मात्र सेवा प्रबाह गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचना हेर्नुहोस ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !